कपिलवस्तुको शिवराज नगरपालिकामा युवाहरूले अवैध गतिविधि विरुद्ध सञ्चालन गरेको चेकजाँच अभियानका क्रममा दुई वटा होटलबाट पाँच जनालाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक कारबाहीका लागि जिम्मा लगाइएको छ।
अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा स्थानीय युवाहरूको समूह शिवराज र प्युठानि होटलमा पुगेको थियो। सो क्रममा प्युठानी होटलमा कोठाभित्र लुकेको अवस्थामा चार जना युवती फेला परेको उनीहरूले बताएका छन्। त्यसैगरी एक होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिएर प्रहरी समक्ष बुझाइएको छ।
युवाहरूले होटल क्षेत्रमा गलत कार्य बढ्दै गएको भन्दै समाज सुधारका लागि यस्तो अभियान सञ्चालन गरिएको बताएको छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

