कपिलवस्तुमा स्कुल बस दुर्घटना, ७ विद्यार्थी घाईते


पालिका पत्र

२२ पुष २०८२, मंगलवार ११:५५ मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुको मायादेवी वडा नम्बर ३ बर्सौलीमा विद्यार्थी बोकेको स्कुल बस पल्टिँदा सात जना विद्यार्थी घाइते भएका छन्।

आज सोमबार बिहान करिब ९ बजेतिर बर्सौली भित्री सडक खण्डमा फुलिकाबाट बगदीतर्फ आउँदै गरेको लु १ क ५७२२ नम्बरको सनलाइट इङ्लिस बोर्डिङको बस पल्टिएको हो।

शुद्धोदन गाउँपालिका १ बगदीमा रहेको स्कुलको स्कुल बस दुर्घटना हुँदा ७ जना विद्यार्थी सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ।

दुर्घटनामा मायादेवी गाउँपालिका ३ खैरेटी बस्ने वर्ष १२ को प्रान्सु पाल, वर्ष १४ की अनिता बराई, ११ को विशेष थारु, वर्ष ८ को अमन यादव, वर्ष ८ को सुदिप यादव, टिकौली बस्ने वर्ष १० की आईसा भट्टराई, वर्ष १४ की गुन्जा कहार घाइते भएका हुन्। घाइतेहरूलाई युनिभर्सल मेडिकल कलेज भैरहवा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्