कपिलवस्तु । “समृद्धिका लागि सहकार्य” भन्ने मूल लक्ष्य लिएको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि। बाणगङ्गा नगरपालिका–१, जितपुर, कपिलवस्तुको पाँचौँ वार्षिक साधारण सभा विभिन्न इकाइमा सम्पन्न भएको छ ।
केन्द्रिय साधारण सभा भने मुख्य कार्यालय चारनम्बर जीतपुरमा आउदो पुस २९ गते नयाँ नेतृत्व चयन गरेर टुंगिनेछ । यहि गत पौष १८ गते उम्मेदवारी दर्ता भइ निर्वाचन प्रकृया अघि बढेको निर्वाचन समितिले जनाएको छ ।४ वटा स्थानमा आज सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन, साथै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भई छलफल पछि पारित गरिएको छ।
सहकारीको साधारण सभा इकाइगत रुपमा चारनम्बर जीतपुर, जनचेतना आधारभूत विद्यालय बनगाई, बाणगङ्गा बहुमुखी क्याम्पस, लौगाई र प्रगतिनगर सेवा केन्द्रमा एकसाथ सुरु भएको थियो । आजै ४ वटै स्थानबाट केन्द्रीय साधारण सभाका लागि इकाई प्रतिनिधी चयन भैसकेका छन् ।
इकाई–१ अन्तर्गत चार नम्बरमा सम्पन्न साधारण सभा सहकारीका कोषाध्यक्ष चिरञ्जीवी पन्थको अध्यक्षता सम्पन्न भएको थियो। कार्यक्रममा वार्षिक प्रतिवेदन सहकारीका सदस्य शंकर पाण्डेले प्रस्तुत गर्नुभयो भने लेखा प्रतिवेदन डिबी रेश्मीले प्रस्तुत गर्नुभएको थियो । ऋण अधिकृत इश्वरराज न्यौपानेले सहजीकरण गरेको उक्त्त साधारण सभाका अवसरमा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा सुझाव दिँदै शेयर सदस्य कृष्ण प्रसाद पौडेल, रामचन्द्र बेल्बासे, ओमलाल गिरी लगाएतले अधिवेशनको सूचना प्रवाह नभएको, सदस्यको सहभागीताको लागि भाडा खर्च दिनुपर्ने र संस्थाको पारदर्शितासम्बन्धी विषयमा ध्यान दिनुपर्ने आवश्यकता औल्याएका थिए ।
सहकारीले सदस्य केन्द्रित कार्यक्रम, आयमूलक व्यवसाय, र आर्थिक सशक्तिकरणमा योगदान पुर्याउँदै आएको बताइएको छ।

