हाईलाईट मोबाईललाई २० ग्राम सुनको बिस्कुट


पालिका पत्र

२८ पुष २०८२, सोमबार १८:४३ मा प्रकाशित

कपिलवस्तु ।
कपिलवस्तु हाईलाईट मोबाईलले रेडमी कम्पनीले तोकेको बिक्री लक्ष्य सफलतापूर्वक पूरा गर्दै २० ग्रामको सुनको बिस्कुट जित्न सफल भएको छ । रेडमीका विभिन्न मोडेलका मोबाइल दुई महिनाको अवधिमा बिक्री गर्दै कम्पनीले दिएको ६० लाखदेखि ८० लाख रुपैयाँसम्मको टार्गेट पुरा गरेपछि उक्त पुरस्कार प्राप्त भएको हो ।

कपिलवस्तु हाईलाईट मोबाईलका सञ्चालक केशब खनालले रेडमी ब्रान्डप्रति ग्राहकको विश्वास, गुणस्तरीय सेवा र टिमवर्कका कारण लक्ष्य हासिल गर्न सम्भव भएको बताए । “ग्राहकको विश्वास नै हाम्रो सफलताको मुख्य आधार हो,” उनले भने, “आगामी दिनमा अझ राम्रो सेवा र आकर्षक अफरमार्फत बजार विस्तार गर्ने योजना छ ।”

सोमबार आयोजित एक कार्यक्रमका बीच रेडमीका डिलर ओनर रिङ्कु लिगलले सञ्चालक खनाललाई २० ग्रामको सुनको बिस्कुट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा रेडमी ब्रान्डले आफ्ना डिलर तथा रिटेल पार्टनरलाई प्रोत्साहनस्वरूप यस्ता योजनाहरु ल्याउँदै आएको जनाइएको थियो ।

डिलर ओनर लिगलले कपिलवस्तु हाईलाईट मोबाईलले कम समयमा उल्लेखनीय बिक्री गर्दै उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रशंसा गरे । उनले आगामी दिनमा पनि रेडमी ब्रान्ड र स्थानीय व्यवसायीबीच सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरे ।

कपिलवस्तु क्षेत्रमा मोबाइल व्यवसायमा सक्रिय हाईलाईट मोबाईलले रेडमीका साथै अन्य लोकप्रिय ब्रान्डका मोबाइल, एसेसरिज तथा बिक्रीपछिको सेवामा समेत जोड दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्