कपिलवस्तु – फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको तयारी अन्तर्गत नेपाली कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्र नं. १ मा गजेहडामा प्रशिक्षण सम्पन्न भएको छ । पार्टीले क्षेत्र नं. १ मा कृष्ण बहादुर कुवरलाई उम्मेदवार बनाएको छ ।
जिल्ला ईञ्चार्ज रुद्र वञ्जाडेको प्रमुख आतिथ्यतामा प्रशिक्षणमा निर्वाचन रणनीति, मतदाता सम्पर्क, प्रचार प्रविधि र चुनावी व्यवस्थापनबारे सहभागीहरूलाई जानकारी दिइएको थियो । रुद्र वञ्जाडेले उम्मेदवारको सफलताका लागि सबैलाई एक जुट भएर काम गर्न निर्देशन दिएका थिए ।
बुधबार बसेको भेलामा टेकेन्द्र कुमार क्षेत्रीको संयोजकत्वमा ५०१ जनाको बाणगंगा नगर स्तरिय प्रचार-प्रसार समिति गठन गरिएको छ । यस समितिमा २५ सदस्यीय मुख्य कमिटी समेत स्थापना गरिएको छ। टेकेन्द्र कुमार क्षेत्रीले भने, “हामी प्रत्येक वडा र टोलमा सक्रिय जनसंपर्क गर्दै चुनावी अभियानलाई मजबुत बनाउनेछौँ ।”
प्रशिक्षणमा माया थापा, कृष्ण बहादुर कुवर, होमनाथ पौडेल, नारायण भुसाललगायत वक्ताहरूले उम्मेदवारको अभियानलाई सुदृढ पार्ने सुझाव र रणनीति प्रस्तुत गरे ।
कार्यक्रम नगर कमिटी अध्यक्ष टेकेन्द्र कुमार क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष मधुकला भट्टराईको स्वागत तथा सचिव प्रम विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

