कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको गौरव योजना बिजगौरी–बुढ्ढी सडक पक्कीकरण सुरु


पालिका पत्र

३ माघ २०८२, शुक्रबार ०९:२४ मा प्रकाशित

बुद्धभूमि नगरपालिकाको गौरवको योजनाका रूपमा समावेश गरिएको जीर्ण बिजगौरी–बुढ्ढी सडक पक्कीकरणको काम सुरु भएसँगै स्थानीय बासिन्दामा उत्साह छाएको छ । तौलिहवा–बिजगौरी–बुढ्ढी सडक खण्डअन्तर्गत १४ सय मिटर सडकमा निर्माणकार्य सुरु भएको छ ।

बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले उक्त सडकलाई नगरपालिकाको सबैभन्दा महत्त्वपूर्ण गौरव योजनामध्ये एकका रूपमा अघि बढाइएको बताउँदै यो सडक निर्माणले नगरको आर्थिक, सामाजिक र यातायात विकासमा दीर्घकालीन योगदान पुर्‍याउने उल्लेख गरे ।

डिभिजन सडक कार्यालय कपिलवस्तुअन्तर्गत पहिलो चरणमा दुई करोड २४ लाख रुपैयाँको लागतमा अक्सफाल्ट प्रविधिबाट सडक निर्माण भइरहेको छ । निर्माणको जिम्मा पाएको इन्द्रेणी गंगा जेभीले आगामी असार महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरेको बताएको छ ।

निर्माण कम्पनीका सदस्य थानेश्वर घिमिरेका अनुसार हाल सबबेसको काम लगभग सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्