कपिलवस्तु सामुदायिक अस्पतालको अध्यक्षमा न्यौपाने वरिष्ठ उपाध्यक्षमा अधिकारी यस्तो कार्य समिति


पालिका पत्र

५ माघ २०८२, आईतवार ०९:४७ मा प्रकाशित

बाणगंगा । कपिलवस्तु सामुदायिक अस्पताल विकास समितिको पाँचौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् । शनिबार अस्पताल परिसरमा आयोजित शपथ ग्रहण समारोहमा नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

अधिवेशनबाट निर्विरोध अध्यक्ष पदमा विष्णु प्रसाद न्यौपाने , वरिष्ठ उपाध्यक्षमा लक्ष्मण अधिकारी, उपाध्यक्षमा जीवन सुवेदी, महासचिवमा भिष्मराज भुसाल, सचिवमा सूर्य प्रसाद बराल र कोषाध्यक्षमा गोपालमणि ज्ञवाली निर्वाचित हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा मिना कुमारी सेन, दलबहादुर कुँवर, दुर्गा सिंह थापा, मुक्तिराम कँंडेल, नेत्र बन्जाडे, अनिल राज आचार्य, दिनानाथ पाण्डे र लक्ष्मण प्रसाद शर्मा चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष विष्णु प्रसाद न्यौपानेले कपिलवस्तु सामुदायिक अस्पताललाई जनमैत्री, पारदर्शी र गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले अस्पतालको भौतिक पूर्वाधार सुदृढीकरण, सेवा विस्तार तथा आर्थिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको बताए ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सामुदायिक अस्पताल स्थानीय जनताको भरोसाको केन्द्र भएको उल्लेख गर्दै नयाँ समितिको नेतृत्वमा अस्पतालले अझ प्रभावकारी सेवा दिने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्