बाणगंगामा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु


पालिका पत्र

७ माघ २०८२, मंगलवार २०:२५ मा प्रकाशित

कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बुङ्चीमा मंगलबार टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

दुर्घटनामा परि बाणगंगा नगरपालिका–८ का अन्दाजी १८ वर्षीय भेषराज गिरीको ज्यान गएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन्।

घाइते हुनेमा विराज सिंह ठकुरी र आक्षाम भारती रहेका छन्। ठकुरीको अवस्था सामान्य रहेको भने भारतीको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको समयमा मोटरसाइकलमा तीन जना सवार थिए।

प्रहरीले टिप्पर तथा टिप्पर चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्