कपिलवस्तुको बाणगंगामा साईकल र मोबाईल चोरी गर्ने एक युवक पक्राउ


पालिका पत्र

९ माघ २०८२, बिहीबार ०६:३० मा प्रकाशित

कपिलवस्तुको बाणगंगा नगरपालिका–१ मा चोरीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

गत आईतबार रातिको समयमा बाणगंगा नगरपालिका–१ निबुवा बस्ने २६ वर्षीय समिर थापाले वाणगंगा नगरपालिका–१ बैरिया स्थित भीम माया घर्तिको घरबाट एक थान मोबाइल चोरी गरेका थिए। साथै, उनले वाणगंगा नगरपालिका–२ दक्षिण पिपरा बस्ने अरुणा पौडेल ज्ञवालीको घरबाट साइकल चोरी गरेको आरोप छ।

घटनापछि स्थानीयवासीहरूसँगको समन्वयमा प्रहरीले थापालाई चोरीका सामान तथा घर फोर्न प्रयोग हुने औजारसहित पक्राउ गरेको हो।

पक्राउ परेका थापाविरुद्ध चोरी सम्बन्धी कसूरमा कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्