आगामी २४ घण्टाको पूर्वानुमान 


पालिका पत्र

१५ माघ २०८२, बुधबार ०९:२४ मा प्रकाशित

२०८२ माघ १४ गते

आज दिउँसो

देशको उच्च पहाडी तथा हिमाली भू‍(भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भू(भागमा साधारणतया बादल लाग्नेछ । देशको उच्च पहाडी तथा हिमाली भू‍(भागका केही स्थानहरूमा मध्यम हिमपातरवर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू(भागका केही स्थानहरूमा मध्यम वर्षा तथा कोशी प्रदेशका पहाडी भू(भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक(दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती

देशको पहाडी र हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍(भागका एक(दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्