स्थानीयहरू भन्छन्-“कुवर चुनावमा देखिने नेता होइनन्, संकट पर्दा देखिने नेतृत्व हुन्।”


पालिका पत्र

१५ माघ २०८२, बुधबार १७:४३ मा प्रकाशित

कपिलवस्तु, १४ माघ । निर्वाचनको माहोल तातिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र न. १ मा बहस अब व्यक्तित्वको होइन, कामको हिसाब–किताब मा केन्द्रित हुन थालेको छ। यही बहसको केन्द्रमा उभिएका छन्—कृष्ण बहादुर कुवर । उनले विपक्षी उम्मेदवारहरूतर्फ मौन तर कडा प्रश्न फ्याँकेका छन्—“तपाईंहरूले चुनाव जितेपछि के गर्नुभयो ? ”

बाणगंगा नगरपालिका वडा नं. ४ गजेहडाका कुवरले कुनै पनि सार्वजनिक पद नसम्हालीकनै शिक्षा, स्वास्थ्य, पूर्वाधार, धर्म र खेलकुद क्षेत्रमा योगदान गरिसकेका छन् । यही कारण उनी आज कपिलवस्तु–१ मा भाषणमा सीमित नेता होइन, काम गरेर देखाउने उम्मेदवार का रूपमा चिनिँदै गएको स्थानियले बताएका छन् ।

विपक्षी उम्मेदवारहरू मञ्चबाट आश्वासन बाँडिरहँदा कुवरले तथ्य अघि सारेका छन् । मठ–मन्दिर संरक्षण, गौशाला सञ्चालन, विद्यालय, विद्युतीकरण, पुल तथा सडक निर्माणजस्ता कामहरू उनका लागि चुनावी घोषणापत्र होइनन्, पहिल्यै गरेका केही प्रत्यक्ष योगदान हुन् ।

विशेषगरी स्वास्थ्य र शिक्षा क्षेत्रमा विपक्षीहरूको मौनता झनै स्पष्ट देखिन्छ। कुवरले भने धार्मिक संरचना संरक्षण, खेलकुद प्रवर्द्धन, युवा क्लब, आमा समूह, ज्येष्ठ नागरिक सहयोगदेखि एम्बुलेन्स खरिदसम्मका कार्यमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका छन् ।

यिनै प्रत्यक्ष कार्यहरूले कुवरलाई ‘चुनावमा देखिने नेता’ होइन, संकटमा देखिने नेतृत्व को रूपमा स्थापित गरेको स्थानीयहरूको भनाइ छ। पदको प्रतीक्षामा बसेर सेवा गर्ने होइन, सेवा गर्दै अगाडि बढ्ने उनको शैली नै अहिले कपिलवस्तु–१ को चुनावी बहसको मुख्य विषय बनेको छ। कुवर नेकपाबाट तारा चुनाव चिन्ह लिएर चुनाबमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस्