विकास र सुशासनको एजेन्डासहित कपिलवस्तु–१ मा आशिष शर्माको सक्रियता


पालिका पत्र

२३ माघ २०८२, बिहीबार १३:१२ मा प्रकाशित

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढ्दै गएको छ। यसैक्रममा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका युवा नेता आशिष शर्मा मतदाता भेटघाटमा सक्रिय देखिएका छन्।

जीप चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा रहेका शर्माले निजी क्षेत्रको अनुभव, व्यवस्थापन क्षमता र सामाजिक उत्तरदायित्वलाई राजनीतिसँग जोड्दै घरदैलो अभियान तीव्र पारेका छन्। एमबीए अध्ययन गरेका शर्माले १४ वर्षभन्दा बढी समय वित्तीय तथा व्यावसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

अनुभव र नयाँ सोचको संयोजन प्रस्तुत गर्दै शर्माले विकास, सुशासन र परिणाममुखी राजनीतिलाई आफ्नो प्राथमिकता रहेको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्