कपिलवस्तु क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारको रुपमा चर्चा बटुलेका आशिष शर्माले अहिलेको निर्वाचनले देशको मुहार फेर्ने बताएका छन । स्वतन्त्र उम्मेद्वार बाट चुनाव चिन्ह ‘जीप’ पाएका शर्माले कपिलवस्तुको मुहार फेर्न आफुले उम्मेद्वारी दिएको बताएका हुन ।
मतदाता भेटघाट अभियानको क्रममा उनले कयौँ मन्त्री र सांसद पाउँदा समेत जिल्लाको पहिचान र मुहार फेरिन नसकेको भन्दै आफुले जिल्लाको पहिचान बनाउने संकल्प सहित आएका बताएका छन । चुनाव जितेपछि मतदाताको नजिक नपर्ने चलनलाई आफुले तोड्ने समेत उनले बताए ।
भोटको राजनीति होइन, भविष्यको राजनीति गर्ने अठोटसहित अघि बढेका उम्मेद्वार शर्माले बताएका छन । कपिलवस्तु–१ का लागि आफु नै अहिलेको सहि र उपयुक्त विकल्प भएको भन्दै चुनाव चिन्ह जिपमा भोट गर्न उहाँले आग्रह गर्नुभयो ।

