कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा आगामी निर्वाचन नजिकिँदै जाँदा युवाहरूको राजनीतिक सक्रियता उल्लेख्य रूपमा बढ्दै गएको छ । यस क्रममा क्षेत्रका युवा मतदाताहरूले सुशासन, विकास र रोजगारीलाई मुख्य एजेन्डा बनाउँदै सक्षम नेतृत्वको खोजी सुरु गरेका छन् ।
स्थानीय युवाहरूका अनुसार वर्षौँदेखि दोहोरिँदै आएको परम्परागत राजनीतिक शैलीका कारण विकास र रोजगारीका सवालहरू प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन् । उनीहरू अब केवल भाषण होइन, प्रत्यक्ष परिणाम चाहिने बताउँछन् । त्यसैले अनुभव, क्षमता र व्यवस्थापन कौशल भएका उम्मेदवारलाई समर्थन गर्ने संकेत देखिएको छ ।
युवाहरूले आशिष शर्मालाई बैंकिङ तथा व्यवसायिक क्षेत्रको लामो अनुभव भएको, व्यवस्थापनमा दक्ष उम्मेदवारका रूपमा चित्रण गरेका छन् । उनीहरूका अनुसार शर्मा जस्ता उम्मेदवारले कपिलवस्तु–१ मा स्थानीय उत्पादन प्रवर्द्धन, कृषि व्यवसाय विस्तार, उद्योग स्थापना तथा रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
बेरोजगारीका कारण ठूलो संख्यामा युवा विदेशिन बाध्य भएको अवस्थालाई मध्यनजर गर्दै, जिल्लामै रोजगारीका अवसर सिर्जना गर्न सक्ने नेतृत्व आवश्यक रहेको उनीहरूको धारणा छ । सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण र योजनाबद्ध विकासमार्फत समग्र क्षेत्रको उन्नति सम्भव हुने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।
युवाहरूले “कपिलवस्तुमा सुशासन र गुणस्तरीय विकासको खाँचो छ, साथै युवामैत्री नीति आवश्यक छ,” भन्दै आशिष शर्माले ती विषयमा स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको उल्लेख गरेका छन् ।
स्थानीय तहमा विकास, लगानी र प्रभावकारी व्यवस्थापनको अनुभव रहेको चर्चा बढ्दै जाँदा कपिलवस्तु–१ मा युवाहरूको प्राथमिकतामा सुशासन, विकास र रोजगारी केन्द्रमा रहेको देखिन्छ। यस सन्दर्भमा आशिष शर्मा उनीहरूको रोजाइमा अगाडि देखिएका छन् ।

