देशभर आंशिक बादल : तराइका केही ठाउँमा हुस्सु र कुहिरो


पालिका पत्र

२ फाल्गुन २०८२, शनिबार ०९:१४ मा प्रकाशित

वीरगञ्जको घण्टाघरचोकमा बुधबार बिहान लागेको बाक्लो हुस्सु र कुहिरोले छोपिएको घण्टाघर। चिसो बढेसँगै यो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । तस्बिरः हिमाल लम्साल र रासस

अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान तराइका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । ती क्षेत्रमा दिउँसोसम्म नै हुस्सु/कुहिरो कायमै रहने अनुमान छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भागको एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौमा न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्