विश्वासको मत माग्दै अत्तहर कमाल मुसलमान


पालिका पत्र

२ फाल्गुन २०८२, शनिबार २०:०७ मा प्रकाशित

कपिलवस्तु – नेपाली काङ्ग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अत्तहर कमाल मुसलमानले जनताको विश्वास र भरोसाकै कारण आफु अहिले प्रत्यक्ष निर्वाचनमा होमिएको बताएका छन । निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाउँदै घरदैलो तथा भेटघाट कार्यक्रममा सक्रिय भएका मुसलमानले जनताको भरोसाले आफूलाई अझ जिम्मेवार बनाएको बताए ।

चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित सम्पर्क कार्यालय उद्घाटन, भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उम्मेदवार मुसलमानले जनताले गरेको विश्वास र भरोसालाई नतोड्ने प्रतिबद्धता जनाएका छन ।

उनले कपिलवस्तु क्षेत्र नं १ मा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । मुलमानले विकासका कामलाई अझ प्रभावकारी बनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी योजना कार्यान्वयन गरिने बताए ।

उम्मेदवार मुसलमानले युवाहरूको बढ्दो बेरोजगारीलाई गम्भीर समस्या भन्दै रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाइने बताए । उनले कृषि उत्पादनमा आधारित उद्योग स्थापना, व्यवसायिक खेती प्रवद्र्धन तथा स्वरोजगार कार्यक्रममार्फत युवालाई आत्मनिर्भर बनाउने योजना रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्