कपिलवस्तुमा रास्वपाका समर्थकले नै च्यातचुत पारे घण्टी झण्डा, यस्तो छ कारण


पालिका पत्र

२ फाल्गुन २०८२, शनिबार २०:३७ मा प्रकाशित

जितपुर । कपिलवस्तुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक मानिने एक युवाले पार्टीको घण्टी अंकित झण्डा च्यातचुत पारेका छन् । सदरमुकाममा बालेन्द्र शाह लाई हेर्न पुगेका ती युवकले भेट्न नपाएको झोँकमा झण्डा च्यातेका हुन् । प्रत्यक्षदर्शीका अनुसार, शाह बोल्दै नबोली आफ्नो गन्तव्यतर्फ लागेपछि ती युवा आक्रोशित बनेका थिए ।

उनले “जनतालाई दुई मिनेट समय दिन नसक्ने व्यक्ति कसरी प्रधानमन्त्री बन्न सक्छ ?” भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । साथै, उनले अब घण्टी चिह्नमा कसैले मत नहाल्न आग्रह गर्दै यस्तो नेतृत्वले मुलुकलाई बर्बाद पार्ने टिप्पणीसमेत गरेका थिए ।

शनिबार शाहले कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा पुगेर मतदातासँग भेटघाट तथा अभिनन्दन कार्यक्रम गरेका थिए । सोही क्रममा उनी कपिलवस्तुको चन्द्रौटा, तौलिहवा लगायतका स्थानमा पुगेका थिए। शाहलाई हेर्न विभिन्न स्थानमा उल्लेख्य भीड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्