अर्घाखाँचीमा इमान्दारिताको प्रतीकः पिताम्बर भुसालप्रति बढ्दो विश्वास


५ फाल्गुन २०८२, मंगलवार १०:३४ मा प्रकाशित

अर्घाखाँचीमा ५ फागुन । अर्घाखाँची मा स्वार्थभन्दा सेवा ठूलो हुन्छ भन्ने जीवित उदाहरणका रूपमा स्थापित नाम हो पिताम्बर भुसाल। निष्ठा, नैतिकता र इमान्दारितामा कहिल्यै दाग नलागेको उहाँको राजनीतिक यात्रा आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। लामो समयदेखि राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका भुसालले सम्पत्तिका रूपमा कमाएको भनेको जनताको माया र अटुट विश्वास मात्र रहेको बताएको छ ।

२०५४ सालमा तत्कालीन बागी गाविसको नमुना अध्यक्षका रूपमा निर्वाचित भएपछि उहाँले स्थानीय विकास र सुशासनमा उदाहरणीय काम गर्रेका थिए । सीमित स्रोत–साधनका बीच पनि पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिँदै अघि बढेको उनको कार्यशैलीले व्यापक प्रशंसा पाएको थियो। संघर्षकै बीच एम।ए। अध्ययन पूरा गर्नु उहाँको दृढ संकल्पको प्रमाण हो।

सानै उमेरमा बुवा–आमा गुमाएर जीवनका कठोर यथार्थसँग जुध्न सिक्नुभएका भुसाल द्वन्द्वकालमा विस्थापित हुनुपरेको पीडाबाट पनि गुज्रिनु परो। तर कठिन परिस्थितिले उनलाई सेवा मार्गबाट विमुख बनाउन सकेन। २०७२ सालको रसुवा भूकम्पका बेला २५ दिनसम्म स्वयंसेवकका रूपमा खटिँदै पीडितको उद्धार र राहतमा सक्रिय सहभागिता जनाउनु उनको मानवीय संवेदनशीलताको उज्यालो पाटो हो।

नरम स्वभाव, सादगी र सरल जीवनशैली उहाँको पहिचान बनेको छ। राजनीतिलाई पेशा होइन, सेवा मान्ने सोचका साथ अघि बढ्ेका भुसाल अर्घाखाँचीका अपुरा र अधुरा सपना साकार पार्ने प्रतिबद्धतासहित पुनः जनतामाझ आएको बताएका छन् ।

आगामी निर्वाचनमा अर्घाखाँचीका मतदाताले इमान्दार र निष्ठावान् नेतृत्वलाई बलियो बनाउनुपर्ने चर्चा चुलिँदै गएको छ। धेरैको भनाइमा, कहिलेकाहीँ भोट पार्टीलाई मात्र होइन, एउटा इमान्दार चरित्रलाई पनि दिनुपर्छ। यसपटक सूर्य चिन्हमा मतदान गर्दै स्वच्छ राजनीति र विकासको यात्रालाई निरन्तरता दिनुपर्ने आवाज बलियो बन्दै गएको देखियको जिल्ला वासिहरूको भनाई छ।

प्रतिक्रिया दिनुहोस्