काग्रेसबाट आशिष शर्मा सहित १९ जना पाँच बर्षका लागि निष्कासित


पालिका पत्र

५ फाल्गुन २०८२, मंगलवार १९:३६ मा प्रकाशित

कपिलवस्तु । नेपाली काँग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका आधिकारीक उम्मेदवार बिरुद्ध उम्मेदवारी दिएका आशिष शर्मा सहित १९ जनालाई पार्टीबाट पाँच बर्ष निष्काशन गर्ने निर्णय गरेको छ ।

निजहरुलाई पार्टीको जिल्ला अनुशासन समितिको बैठकको सिफारिस अनुसार जिल्ला कार्य समितीले पाँच बर्ष निष्कासनको कारवाही बारे पार्टीको लुम्बिनी प्रदेश कार्य समिती र केन्द्रिय अनुशासन समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

कारवाही सिफारिस परेकामा पार्टीका पुर्व कन्द्रिय सदस्य, पुर्व मन्त्री तथा भारतका लागी पुर्व नेपाली राजदुत दिप कुमार उपाध्याय, महासमितीका सदस्यहरु राजेश बहादुर सिंह, कमल टण्डन, बिष्णु न्यौपाने, क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति अब्दुल मन्नान खाँ, जिल्ला सदस्यहरु हरिराज घिमिरे, कमलराज आचार्य, क्षेत्र नं. १ (क) का प्रदेश सभापति दुर्गा केसी, महाधिबेशन प्रतिनिधी डोलकराम घिमिरे, क्षेत्र नम्बर १ (क) प्रदेश सदस्य बिनोद घिमिरे, शुद्धोधन गाउँपालिका सभापति बिश्वम्भर कुर्मी, मायादेवी गाउँपालिकाका सभापति शैलेन्द्रधर द्विवेदी, बाणगंगा न.पा. ६ का बुथ ईकाई सभापति अनिल पाण्डे, क्षेत्रिय प्रतिनिधीहरु सरजु प्रसाद चौधरी, तिलकराम पाण्डे, सिडियो भन्ने परमेश्वर पाठक, चर्तुभुजीमणी त्रिपाठी र मिथीला शर्मा रहेका छन ।

पार्टीको आधिकारिक उम्मेदवार बिरुद्ध र अन्य उम्मेदवारलाई समर्थन गरेको प्रमाणका आधारमा जिल्ला अनुशासन समितीको फागुन ३ गतेको बैठकको सिफारिस अनुसार पार्टीको बिधानको धारा ३४ को उपधारा ४ (क) र (ख) बमोजिम पार्टीको साधारण सदस्य नरहने गरि निजहरुलाई पाँच बर्ष सम्म निष्कासन गर्ने निर्णय सहित पार्टीको लुम्बिनी प्रदेश कार्य समिती र केन्द्रिय अनुशासन समितिलाई सिफारिस गर्ने निर्णय भएको पार्टीका जिल्ला सचिव शक्ति सिंह ठकुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्