१३ वर्षदेखि फरार कर्तव्य ज्यानका दोषी कपिलवस्तुमा पक्राउ


पालिका पत्र

७ फाल्गुन २०८२, बिहीबार १८:२० मा प्रकाशित

कपिलवस्तु, ७ फाल्गुन २०८२ बिहीबार

कपिलवस्तुमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष (जन्मकैद) सजाय सुनाइएका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन्। बुद्धभूमि नगरपालिका–५, मोहम्मदनगर निवासी इरफान उर्फ क्यामुद्दिन मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मनउल्ला मुसलमानको जाहेरीका आधारमा दायर भएको उक्त मुद्दामा कपिलवस्तु जिल्ला अदालत ले २०६९ चैत १६ गते उनलाई २० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो। फैसला पछि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा खोजी कार्य तीव्र पारिएको थियो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय पकडी को संयुक्त टोलीले फागुन ५ गते मायादेवी गाउँपालिका–१, बर्रोहिया बाट लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ परेका प्रतिवादीलाई कैद भुक्तानका लागि अदालतमा पेश गरी आवश्यक प्रक्रिया पूरा गरी कारागार चलान गरिएको छ। साथै, फरार प्रतिवादीहरूको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्