‘स्थिर सरकार युगको आवश्यकता’ नारा बोकेर मेची–महाकाली पैदल यात्रामा निस्किएका यात्री


पालिका पत्र

८ फाल्गुन २०८२, शुक्रबार ०८:५८ मा प्रकाशित

कपिलवस्तु, ०८ फागुन । “स्थिर सरकार युगको आवश्यकता” भन्ने नारा बोकेर रुकुमका विजय कुमार शर्मा मेचीदेखि महाकालीसम्मको पैदल यात्रामा निस्किएका छन्। देशमा बढ्दो राजनीतिक अस्थिरताप्रति जनचेतना फैलाउने उद्देश्यले उनले राष्ट्रिय अभियान सुरु गरेका हुन्।

पूर्वको मेचीबाट यात्रा प्रारम्भ गरेका शर्मा सुदूरपश्चिमको महाकालीसम्म पुग्ने लक्ष्यसहित अघि बढिरहेका छन्। यात्राका क्रममा विभिन्न जिल्ला, सहर तथा गाउँमा पुगेर स्थानीयसँग भेटघाट गर्दै स्थिर सरकारको आवश्यकता र दीर्घकालीन विकास नीतिबारे छलफल गर्ने उनको योजना रहेको छ।

शर्माले पटक–पटक सरकार परिवर्तन हुँदा नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको, विकास आयोजना अधुरै रहने र जनतामा निराशा बढ्दै गएको बताए। “देशको समृद्धि, सुशासन र स्थायित्वका लागि स्थिर सरकार अपरिहार्य छ,” उनले भने।

उनका अनुसार यो अभियान कुनै दल विशेषका लागि नभई राष्ट्रहितका लागि हो। यात्राका क्रममा संकलित सुझाव र अनुभवलाई सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्ने तयारी पनि उनले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्