एमालेका वडा कमिटी उपाध्यक्ष सुनार सहितका युवाहरु नेकपामा प्रवेश


पालिका पत्र

११ फाल्गुन २०८२, सोमबार १९:४३ मा प्रकाशित

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कमिटीका उपाध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका सदस्य दिपक बहादुर सुनारले एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

आईतबार पचेहरामा आयोजित एक कार्यक्रमका बीच कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्ण बहादुर कुँवरले सुनारलाई पार्टीमा स्वागत गरेका हुन् । वर्षौंदेखि एमालेमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सुनारले पार्टी र समाजका लागि निरन्तर योगदान दिँदासमेत उचित मूल्यांकन नभएको गुनासो गर्दै आफू पार्टी परित्याग गर्न बाध्य भएको बताए ।

कार्यक्रममा बोल्दै उम्मेदवार कुँवरले सुनारजस्ता युवा र सक्रिय व्यक्तित्वको आगमनले पार्टी संगठन अझ सशक्त बन्ने विश्वास व्यक्त गरे । उनले आगामी निर्वाचनमा परिवर्तनका लागि एकजुट हुन आग्रह समेत गरे । सुनारको प्रवेशसँगै कपिलवस्तु नगरपालिका क्षेत्रमा नेकपाको संगठनात्मक शक्ति थप मजबुत हुने नेताहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्