कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णबहादुर कुँवरले शिक्षा क्षेत्र सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । उनले गुणस्तरीय, व्यवहारिक र सर्वसुलभ शिक्षाका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । कुँवरले सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढीकरण, दक्ष शिक्षक व्यवस्थापन र प्रविधिमैत्री शिक्षण प्रणाली लागू गर्ने योजना अघि सारेका छन् । “शिक्षा नै विकासको मूल आधार हो, त्यसैले विद्यालयलाई प्रविधिसँग जोडेर गुणस्तरीय बनाउनु आवश्यक छ,” उनले बताएका छन् ।
उनका प्रमुख प्रतिबद्धताहरू यसप्रकार रहेका छन्-
- आधुनिक तालिम प्राप्त शिक्षक सहित डिजिटल कक्षाको व्यवस्था ।
- प्राविधिक, व्यवसायिक रसिपमा आधारित शिक्षाको प्रवर्द्धन ।
- गरीब, अपाङ्गता रसिमान्तकृतलाई छात्रवृत्ति
- यस क्षेत्रका सामुदायिक विद्यालय एवम् क्याम्पसको अब्बल पूर्वाधार र गुणस्तरिय पठनपाठन मार्फत अभिभावको आकार्षण वृद्धि गर्ने ।
- यस क्षेत्रबाट बाहिर जिल्लामा पढ्न जाने विद्यार्थीहरूको अधिक संख्या भएकोले जिल्लामा गुणस्तरीय शिक्षाको व्यवस्था गर्न सामुदायिक रनिजी शैक्षिक संस्थाहरू बिचसहकार्यको वातावरण सिर्जना गर्ने ।
कुँवरले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप न्यूनीकरण गर्दै शैक्षिक संस्थालाई प्रतिस्पर्धी र उत्तरदायी बनाउने प्रतिबद्धता पनि जनाएका छन् ।
स्थानीय अभिभावक तथा शिक्षासेवीहरूले शिक्षा सुधारका एजेन्डालाई सकारात्मक रूपमा लिँदै कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताएका छन् । निर्वाचन परिणामसँगै यी प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन हुन्छन् भन्ने चासो बढेको छ ।


