कपिलवस्तुमा निर्वाचन तयारी पूरा, मतदान केन्द्रतर्फ कर्मचारी प्रस्थान


पालिका पत्र

१८ फाल्गुन २०८२, सोमबार २३:१५ मा प्रकाशित

कपिलवस्तु — बिहीबार हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनका लागि मतदान अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा खटिएका छन् ।

तौलिहवामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जीतपुर एवं चन्द्रौटामा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट सोमबार बिहानैदेखि निर्वाचन सामग्री बुझेर कर्मचारीहरू कार्यक्षेत्रमा खटिएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका र निर्वाचनका लागि प्रयोग हुने ५२ प्रकारका सामग्री, मतदाता नामावली र अनुसूची फारम बुझेर उनीहरू कार्यक्षेत्रतर्फ लागेका हुन् । सामग्री बुझ्न दिनभरजसो निर्वाचन कार्यालयमा कर्मचारीको भीड लागेको थियो । तीनवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ४ सय ९१ मतदान केन्द्र छन् । तिनमा २ हजार ९ सय ४६ कर्मचारी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्