कपिलवस्तु, फागुन २० ।
निर्वाचन आयोग अन्तर्गत निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कपिलवस्तु जिल्ला का तीनवटै निर्वाचन क्षेत्रमा मतगणना स्थल निर्धारण गरेको छ।
जारी सूचनाअनुसार निर्वाचन क्षेत्र नं. १ को मतगणना बाणगंगा माध्यमिक विद्यालय, सिद्धिपुर, ठाकुरापुर, बाणगंगा नगरपालिका–४ मा गरिनेछ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ का लागि कपिलवस्तु नगरपालिका कार्यालयको सभाहललाई मतगणना स्थल तोकिएको छ।
उता निर्वाचन क्षेत्र नं. ३ को मतगणना नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, चन्द्रौटा, शिवराज नगरपालिका मा सञ्चालन गरिने जनाइएको छ।
सबै मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भई मतपेटिका संकलन भएपछि मतगणनाको मिति र समयसम्बन्धी विवरणसमेत सार्वजनिक गरिने उल्लेख गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित सरोकारवाला तथा राजनीतिक दलका प्रतिनिधिहरूलाई सूचनाको जानकारी लिन आग्रह गरेको छ।
