रुपन्देही–२ को मतगणना सुरु


पालिका पत्र

२२ फाल्गुन २०८२, शुक्रबार ०८:३९ मा प्रकाशित

रुपन्देही क्षेत्र नं २ को मतगणना सुरु भएको छ । बुटवल उपमहानगरपालिका–११ को कार्यलय देवीनगरमा सर्वदलीय बैठक सकिएसँगै भखर मतगणना सुरु भएको हो ।

सुरुमा तिलोत्तमा नगरपालिकाको वडा नं १ बाट गणना थालिएको छ ।

समझदारी अनुसार तिलोत्तमा १, त्यसपछि बुटवल–१ र त्यसपछि सैनामैना–१ हुँदै गणना गरिने छ ।

यो क्षेत्रमा एमाले उपाध्यक्ष विष्णु पौडेल, रास्वपाबाट अधिवक्ता सुलभ खरेल, नेपाली कांग्रेसबाट उद्योगी चुन्नप्रसाद पौडेलको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्