कपिलवस्तु ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा बिहान ३ बजेसम्म सार्वजनिक गरिएको पछिल्लो मतपरिणाम अनुसार हालसम्म २४ हजार १९१ मत गणना भएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मोहनलाल आचार्यले ८ हजार ५१८ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका छन्।
स्वतन्त्र उम्मेदवार आशिष शर्मा ५ हजार ४७० मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमान ४ हजार ९६० मतसहित तेस्रो स्थानमा रहेका छन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार बिश्राम प्रसाद थारुले १ हजार ९४ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका शत्रुघन बिलास सिंहले १ हजार ८० मत ल्याएका छन्।
अन्य उम्मेदवारतर्फ कृष्ण बहादुर कुँवरले ८९९, बब्बु सिंह यादवले ८२५ तथा नरेन्द्र चौधरीले ७२३ मत प्राप्त गरेका छन्।
हालसम्म २ हजार ९०४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना कार्य जारी रहेको छ।
