समराट सापकोटा, कपिलवस्तु ।
कपिलवस्तुमा युवाहरूको पहलमा आयोजित भजन–कीर्तन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कपिलवस्तु युवा समूहको आयोजनामा गए राति वडा नं. ८ अन्तर्गत त्रिलोकमार्ग नजिक रहेको दुर्गा मन्दिर परिसरमा धार्मिक भजन–कीर्तन कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा स्थानीय भक्तजन तथा वक्तालु जनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।आयोजक कपिलवस्तु युवा समूहका अनुसार समूहले प्रत्येक शनिबार नियमित रूपमा भजन–कीर्तन कार्यक्रम सञ्चालन गर्दै आएको छ। युवाहरूको यस्तो पहलले समाजमा धार्मिक जागरण, आपसी सद्भाव तथा सकारात्मक सोच फैलाउन महत्वपूर्ण योगदान पुर्याएको स्थानीयवासीहरूले बताएका छन्।
स्थानीयहरूले युवाहरूको यस प्रकारको रचनात्मक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।
