गृहमन्त्री सुधन गुरुङले पूर्व ऊर्जा मन्त्री दीपक खड्का निवासबाट बरामद रकमको अनुसन्धानका लागि पक्राउ परेको जानकारी दिनुभयो।पूर्व ऊर्जा मन्त्री दीपक खड्का २४ भदौको आन्दोलनका क्रममा बरामद रकमको अनुसन्धानका लागि १५ चैतमा नियन्त्रणमा लिइएका छन्।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको घरबाट जलेका नोट र खरानी संकलन गरी अनुसन्धान गरिरहेको छ।१५ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि दीपक खड्का पक्राउ परेको बताएका छन् ।पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का आइतबार बिहान पक्राउ परेका हुन् । यसबारे सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले पक्राउको कारणबारे जानकारी दिएका हुन् ।पूर्वऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ ।जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो । कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्बिर र भिडियो पनि सार्वजनिक भएका थियो ।खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।
