बाणगंगा, १८ चैत्र ।
कपिलवस्तु उद्योग बाणिज्य सघंले अबदेखि शनिबार बजार बन्द गर्ने निर्णय गरेको छ । सघंको १७ औँ साधारण सभाले मगंलबार बजार बन्द हुदै आएकोमा अवदेखि शनिबार बजार बन्द गर्ने निर्णय गरेको हो ।
सघंले आयोजनामा गरेको साधारण सभाको भेलाले सो निर्णय गरिएको सघंका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिए । अध्यक्ष क्षेत्रीले यस सघं भित्रका क्षेत्रगत उपसमितिबाट सघंले सुझाव सकंलन समेत गरी साधारण सभामा पेश गरी साधारण सभाले मंगलबार बजार बन्द हुदै आएकोमा शनिबार बजार बन्द गर्ने निर्णय गरिएको बताए । सघंको १७ औँ साधारण सभा आज सघंको परिसरमा आज भब्यताका साथ सम्पन्न भएको छ ।
