मधुवनमा जेसिबीबाट उत्खनन भएपछि स्थानीयको विरोध, काम बन्द


पालिका पत्र

१८ चैत्र २०८२, बुधबार १९:५७ मा प्रकाशित

बाणगङ्गा ।
बाणगङ्गा नदीको मधुवन क्षेत्रमा ठेक्का लिएर गरिएको उत्खनन कार्यप्रति स्थानीयले विरोध जनाएका छन् । जेसिबी प्रयोग गरी नदीबाट ढुंगा–गिट्टी उत्खनन गरिएको भन्दै स्थानीय ट्याक्टर व्यवसायी तथा युवाहरूले काम बन्द गराएका हुन् ।

उक्त क्षेत्रको ठेक्का बाणगङ्गा बिल्डर्सले लिएको भए पनि जेसिबी प्रयोगले स्थानीय मजदुर तथा साना व्यवसायीको रोजगारी प्रभावित हुने भन्दै उनीहरूले आपत्ति जनाएका छन् । “मेसिन प्रयोग गर्दा हामीजस्ता ट्याक्टर व्यवसायी र मजदुरहरू बेरोजगार हुन्छौं,” एक स्थानीयले बताए ।

विरोध बढेपछि हालका लागि उत्खनन कार्य स्थगित गरिएको छ । स्थानीयले नियमअनुसार मात्र काम गर्न र मेसिनको प्रयोग नियन्त्रण गर्न माग गरेका छन् । यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै स्थानीयले दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्