बाल ज्योति इंग्लिस बोर्डिङ स्कुलमा वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


पालिका पत्र

२३ चैत्र २०८२, सोमबार २०:३१ मा प्रकाशित

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–४, गजेहडामा रहेको बाल ज्योति इंग्लिस बोर्डिङ स्कुलमा वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

आईतबार विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको वार्षिक नतिजा सार्वजनिक गर्नुका साथै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान गरिएको थियो।

विद्यालयका प्रिन्सिपल सर्वेन्द्रदेव खनालले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको जानकारी दिए। उनले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको लगनशीलता र अभिभावकहरूको सहयोगले विद्यालयले सकारात्मक नतिजा हासिल गर्न सफल भएको बताए।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समेत विशेष सम्मान गरिएको विद्यालयले जनाएको छ।

उक्त कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यालयको शैक्षिक वातावरण तथा व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो नतिजाको अपेक्षा गरेका थिए।

कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्