२५ चैत्र, कपिलवस्तु वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२, वैजलपुरमा अवस्थित श्री पञ्च आधारभूत विद्यालयले आफ्नो ३०औँ वार्षिकोत्सव, अभिभावक दिवस, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता समाजसेवी ओम व । न्यौपाने दिपक नेपाल , अक्षयकोष दाता रामसिंह मल्ल , पूर्व अध्यक्षहरु हिमलाल अधिकारी, भुमिराज कार्की चुरामणि वेल्वासे जग्गा दाता मानध्वज कार्की को विषेश आथिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य तथा प्रतिभा प्रदर्शन गरेका थिए।
यस अवसरमा शैक्षिक सत्र २०८२ को कक्षा नसरी देखि कक्षा ८ सम्मको परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो उत्कृष्ट शिक्षक सम्मान गरिएको थियो । साथै, विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक पोम वहादुर हिस्किले आगामी योजनाबारे पनि जानकारी गराउनु भएकोथियो।
कार्यक्रमले विद्यार्थी, अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
कार्यक्रम शिक्षक स्मृति न्यौपानेको स्वागत मन्तव्य शिक्षक पुनम रानाको सञ्चालनमा सम्पन्न भएको छ ।
