श्री पञ्च आधारभूत विद्यालयको ३३औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न


पालिका पत्र

२६ चैत्र २०८२, बिहीबार ११:०२ मा प्रकाशित

कपिलवस्तुको बाणगंगा नगरपालिका–२, वैजलपुरस्थित श्री पञ्च आधारभूत विद्यालयले आफ्नो ३३औँ वार्षिकोत्सव, अभिभावक दिवस, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी ओमप्रकाश न्यौपाने, अक्षयकोष दाता दीपक नेपाल, रामसिंह मल्ल, पूर्व अध्यक्षहरू हिमलाल अधिकारी, भूमिराज कार्की, चुरामणि वेल्वासे तथा जग्गादाता मानध्वज कार्कीको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य तथा प्रतिभा प्रदर्शन गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए।

शैक्षिक सत्र २०८२ अन्तर्गत नर्सरीदेखि कक्षा ८ सम्म उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने उत्कृष्ट शिक्षक रोसन खनाललाई पनि सम्मान गरिएको थियो। साथै, विद्यालयका प्रधानाध्यापक पोमबहादुर हिस्कीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाबारे जानकारी गराएका थिए।

कार्यक्रमले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। कार्यक्रम शिक्षक स्मृति न्यौपानेको स्वागत मन्तव्य तथा शिक्षक पुनम रानाको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्