२९ चैत्र ,कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँस्थित युनाइटेड स्टुडेन्ट एकेडेमीले विद्यालयको १६ औँ वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा आयोजना गरिएको उक्ता कार्यक्रममा शैक्षिक सत्र २०८२ मा विद्यालयले संचालन गरेका विभिन्न विधागत कार्यक्रम तथा वार्षिक नतिजा प्रकाशनसहित विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।
यसैबिच सोही कार्यक्रम मार्फत विद्यालयले शिक्षा क्षेत्रबाट अवकास भएका चारजना पुर्व उपसचिवहरुलाई कदर पत्रले सम्मान समेत गरेको छ । कार्यक्रममा बाणगंगा नगरपालिकाका पुर्व उपसचिवद्धोय बाबुराम भट्टराई र खिमबहादुर जि।सी, शिक्षा विकास तथा समन्वय ईकाइबाट अवसकासप्राप्त उपसचिव अर्जुन कुवँर र पुर्व उपसचिव सुर्यप्रसाद भुसाललाई कदर पत्रले सम्मान गरेको हो ।
कार्यक्रममा विद्यालयको कक्षा नर्सरी देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको वार्षिक नतिजा अनुसार पुरस्कार प्रदान गरिउको छ भने विद्यालयले विभिन्न तहका कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई फरक फरक विधामा पुरस्कृत पनि गरेको छ।
कार्यक्रममा बाणगंगा नगरपालिका युवा शिक्षा तथा खेलकुद विकाश शाखा प्रमुख रोशन घिमिरेले बालबालिकाको शिक्षामा अभिभावकको भुमिका महत्वपूर्ण हुने भएकाले विद्यालय र अभिभावक अझै बढि जिम्मेवार हुनुपर्ने बताए । उनले राज्यले अघि सारेका शैक्षिक योजना र कार्यक्रमहरुलाई प्रभावकारी कार्यान्वयन गराउने सवालमा नगरपालिका प्रतिबद्ध रहेको पनि उनको भनाई थियो ।
कार्यक्रममा पुर्व उपसचिव सुर्यप्रसाद भुसालले देशमा नयाँ सरकार बनेको र नयाँ सरकारका नयाँ कार्यक्रमले शिक्षामा केही प्रभाव पार्न सक्ने भन्दै त्यस प्रति विद्यालयहरु पनि सजग हुनुपर्ने बताए । नयाँ शैक्षिक सत्रका कार्यक्रम संचालन र सामाजिक संजालमा उठेका भ्रामक समाचार प्रति अभिभावकहरु पनि सचेत हुन उनले आग्रह पनि गरे । उनले युनाइटेड स्कुलको स्थापनाको छोटो समयमा भएको अप्रत्यासित सफलताले यस क्षेत्रको शिक्षामा थप प्रभावकारीता देखिएको पनि बताए ।
यस्तै पुर्व उपसचिव खिमबहादुर जि।सीले बालबालिकाको शिक्षामा विद्यालय, शिक्षक, अभिभावक र स्वयम विद्यार्थी आफै आफ्ना स्थानबाट जागरुक हुनुपर्नेमा जोड दिए । उनले नयाँ सरकारका शिक्षाका केही निर्णयले हाल विद्यालयहरुलाई नयाँ शैक्षिकसत्रका कार्यक्रममा र शैक्षिक क्यालेण्डरमा प्रभाव पार्ने डर बढेको भन्दै विद्यालयलाई स्थानीय सरकार संचालन ऐन तथा निर्देशिकाले पनि स्थानीय तह मातहत भनेकाले पालिकाहरुले निकास निकाल्नेमा विश्वास व्यक्त गरे ।
यस्तै पुर्व उपसचिव अर्जुन कुवँरले आफुले शिक्षा कार्यलयमा रहँदा होस वा अवकास पछि पनि शैक्षिक संस्थाहरुको विकासमा बढि चासो लिने गरेको बताए । संक्षिप्त सम्बोधन गरेका कुवँरले विद्यालयको प्रगतिको शुभकामना दिएका थिए ।
विद्यालय संचालक समितिका अध्यक्ष शिव बञ्जाडेको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका शैक्षिक तथा सामाजिक व्यक्तिहरुको आथित्यता रहेको थियो । विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन विद्यालयका शिक्षक राजु अधिकारीले गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगितिक तथा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत समेत गरेका थिए ।
