जनउत्थान सामुदायिक लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा दावी रकम हस्तान्तरण


पालिका पत्र

३० चैत्र २०८२, सोमबार ०९:१२ मा प्रकाशित

३० चैत्र, कपिलवस्तु ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बनगाई मिति बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बाँणगंगा न.पा. वडा नं ०७ र ०९ कपिलवस्तु स्थित शाखा कार्यालयमा आबद्ध बैंकिङ समुदाय नं २१ को सदस्य श्री कालिका माझिको श्रीमान् स्व। लक्ष्मण माझि र बैंकिङ समुदाय नं ६२ को सदस्य श्री स्व। बौडि थारुको मृत्यु पश्चात नीजको श्रीमान गुठे थारुलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

क्रमश नीज सदस्य कालिका माझीको श्रीमान् भदौ २७ गतेका दिन ४४ वर्षको उमेरमा मृत्यु भएको थियो भने स्व. सदस्य श्री बौडी थारुको चैत्र ४ गतेका दिन ६० वर्षको उमेरमा मृत्यु भएको थियो । सदस्य श्री क्रमश कालिका माझि र स्व. बौडि थारु यस संस्थामा २०७२।०९।२८ र २०७३।०८।२८ गतेबाट आबद्ध भई बचत तथा कर्जा कारोबारमा संलग्न रहेको र निज सदस्यहरुले क्रमश। २०८२।०२।२५ , २०८१।०९।२६ गते तिन लाख रुपैया र १ लाख पचास हजार रुपैया कर्जा उपभोग गरेकोमा नीज सदस्यको श्रीमान्को मृत्यु पश्चात बीमा दाबीबाट क्रिया खर्च सहित ३ लाख १५ हजार प्राप्त र स्व। सदस्य बौडि थारुको श्रीमान् गुठेथारुलाई क्रिया खर्च सहित रु १ लाख ९० हजार हस्तान्त्रण गरिएको हो ।

बीमा रकम हस्तान्तरण कार्यक्रममा शाखा संचालन अधिकृत गिरिराज रेश्मीले सदस्य श्री कालिका माझि र मृतक सदस्यको श्रीमान गुठे थारुलाई चेक हस्तान्त्रण गर्नु भएको थियो । संस्थाले आफ्ना सदस्यहरुको हित तथा संरक्षण गर्नका लागी सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुरुप बिभिन्न कार्यक्रमतथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्