कपिलवस्तुमा सशस्त्र प्रहरीको सक्रियता झन्डै १० लाखको अवैध सामानसहित दुई मोटरसाइकल नियन्त्रणमा ।


पालिका पत्र

8 July, 2026 8:52 am मा प्रकाशित

२३ असार, कपिलवस्तु।

सशस्त्र प्रहरी बल नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुले भन्सार छलीका अवैध गतिविधिमाथि आफ्नो कडा निगरानी बढाएको छ । यसै क्रममा भन्सार छली भारतबाट अवैध रूपमा भित्र्याइएका किराना सामान, रासायनिक मल, कस्मेटिक सामग्री तथा पाडा र ढुवानीमा प्रयोग गरिएका दुईवटा मोटरसाइकल सहित ९ लाख ८० हजार २५० बराबरको अवैध सामान सशस्त्र प्रहरी बल नेपाल नं २८ गण हेडक्वार्टर मात हत का कार्यालहरुबाट बरामद गरेको बताएको छ ।

बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि कृष्णनगर र सुठौली भन्सार कार्यालय पठाइएको गणले जनाएको छ । सीमा क्षेत्रमा हुने अवैध तस्करी र भन्सार छलीलाई रोक्न सशस्त्र प्रहरी अहोरात्र खटिएको बताउँदै सशस्त्र प्रहरी बल २८ नम्बर गण हेडक्वार्टरका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताएका छन् । हाम्रो मुख्य उद्देश्य सीमा सुरक्षासँगै राज्यको राजस्व चुहावटलाई पूर्ण रूपमा नियन्त्रण गर्नु हो । सीमा नाकाबाट हुने जुनसुकै प्रकारका अवैध गतिविधि र तस्करीविरुद्ध हामी शून्य सहनशीलता को नीति अपनाएर अघि बढेका छौँ । आगामी दिनमा पनि हाम्रो कमाण्ड मातहतका सम्पूर्ण युनिटहरूलाई अझ बढी सक्रिय र चनाखो बनाई सीमा क्षेत्रमा हुने यस्ता गैरकानुनी कार्यलाई पूर्ण रूपमा निरुत्साहित गरिने बताएका छन् । सशस्त्र प्रहरीको यो सक्रियतासँगै स्थानीय सीमा क्षेत्रमा हुने अवैध कारोबारमा निकै कमी आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्