देशलाई श्रीलंका हुनबाट जोगाउन ८ सुझावसहित प्रधानमन्त्रीलाई खुल्ला पत्र


appharu

२१ असार २०७९, मंगलवार १९:३९ मा प्रकाशित

तुल्सी आचार्य

सम्माननिय प्रधानमन्त्री ज्यु,

आम नेपाली जनताको सघर्ष , त्याग , बलिदान र जनआन्दोलनबाट मुलुक सघीय लोकतन्त्रीक गणतन्त्रात्मक व्यवस्थामा प्रबेश गरेको पनि आज लगभग डेढ दशकभन्दा बढी बितिसकेको छ । जनताको देश प्रतिको माया र देशबाट प्राप्ती सेवा सुविधाको बारेमा व्यापक रुपमा आमनागरिक र जनताको बिचमा सरकार समक्ष अपेक्षा हुनु स्वभाविक हो किनभने हामी व्यवस्था बदलेको पनि डेढ दशकभन्दा बढी भयो । देशमा राजनैतिक तथा बैचारिक चेतना जागेको पनि थुप्रै भैसक्यो । देशले अहिले बिकास मागेको छ जनजिविकाका सवालहरुमा समाधान खोजेको छ ,चाहेको छ । आर्थिक, सामाजिक विकासको उछाल र प्रगति मागेको छ । तर देश र यस देशका आम जनताले केही महसुस पनि गर्र्नै पाएका छैनन् । झन देशलाई कंगाल,भोकमरि, दमन र वाक्क प्याक्क निराशा नै निराशाको जिवन र जिन्दगी बनेको छ । आम नेपाली जनताको खै त गणतन्त्र आएको ? खै त लोकतन्त्र आएको भन्ने प्रश्नहरु उठेका छन । कतै हामी गलत बाटो प्रणालीमा त रुमल्लिएका छैनांै ? आज आम नेपाली युवा बालबालिकाले सोच्ने र सोध्ने बेला आएको छ । आखिर सबै राजनितिक दलहरुको आखिरी गन्तब्य समाजबाद हो भने त्यसको आधारहरु तयार पारेको खै ? प्रधानमन्त्री ज्यु त्यसको लागी कम्तिमा पनि आज देशमा शिक्षा, स्वास्थ्य र यातायात त नि:शुल्क व्यवस्थित गर्नु पर्ने होईन र ? कि सकिन्न ? सकिन्न भने तपाईसंग भएका अर्थशास्त्रीहरु र बिज्ञहरुको टिमलाई हटाउनुहोस । हामी त्यसको योजना, खाका,रणनिति र प्रणली, व्यावस्था मिल्ने र देशले धान्ने अर्थतन्त्र निर्माण बनाउन तपाईलाई हामी साथदिने छौ सक्नु हुन्छ सम्मानिय प्रधानमन्त्री ज्यु ?
जनतामा विश्वास, उत्साह एवं उर्जाको सट्टा अविश्वास, नैराश्यता एवं आक्रोश झनझन बढ्दै गएको छ।युवाहरुले समेत आफ्नै देशमा सम्भावना र भविष्य देख्नुको सट्टा विदेशमैं भविष्य देख्नेर पलायन हुने क्रम दिनानुदिन बढ्दो छ। देशमा आज युवा जति सबै अध्ययनको नाममा बिदेशिने पलायन हुने र अधिकांश पुरुषहरु आर्थिक उपार्जनको लागी बिदेशीने केवल देशमा त वृद्धा,बालबालीका, महिला ,नेता र त्यही नेताको झोलेहरु मात्र रहने देशमा आर्थिक सम्पन्नता र समृद्धिको सट्टा देश चरम गरिबी, अभाव र आर्थिक संकट उन्मुख छ।देशमा अझै पनि अधिकांश आमजनताका लागि स्वस्थकर एवं सन्तुलित गाँस, सुरक्षित आवास, आवश्यक लता कपडा, राम्रो स्वास्थ्य उपचार, गुणस्तरीय शिक्षा र भरपर्दो रोजगारी जस्ता आधारभूत सेवा सुविधाको समुचित प्रबन्ध गर्न समेत राज्य असफल भएको छ।
देशमा चरम गरिवि,आर्थिक अनियमिता भष्टाचार,बेतीथी,बिचौलीया,उद्योग कलकारखाना बन्द,बेरोजगारी तथा शिक्षा स्वास्थय र यातायातमा चरम अभाव साथै विकास निर्माण अस्तव्यस्थ पार्ने र एउटा सामाजवादी निति निर्माण गर्न बर्षै दिन लाग्ने अनि कार्यान्यन त धेरै परको कुरा यस्ता निती निर्माण गर्ने भ्रष्ट विज्ञ र सल्लाकारहरुलाई आजैबाट विदा गरि स्वच्छ, शिक्षित र युवा जमातलाई मौका दिनुस जसले बर्षै लगाउदैनन् निती निर्माण गर्न र सक्रिय भुमिका निर्माण गर्न र निति र सुशासनलाई कार्यन्यन गर्न । अन्यथा देश फेरी त्यही श्रीलकंनको बाटोमा आफु र आफ्नो दलको क्षणीक लाभको लागी झन झन आर्थीक भारहरु देश र जनतालाई थुपारेर एउटा असफल राष्ट्र बनाउने खेल नखेलियोस् सम्माननिय प्रधानमन्त्र ज्यु ।
इतिहासलाई फर्केर हेर्दा प्राचीनकाल देखि नै नेपाल सामाजिक, आर्थिक, सांस्कृतिक, चेतना र राजनीति जस्ता महत्वपूर्ण क्षेत्रहरुमा एउटा सम्पन्न मुलुकको पहिचान बनाउन एक हदसम्म सफल नै रहेको थियो। आयात भन्दा निर्यातमुखी अर्थतन्त्र भएको मुलुक भैदुनियालाई नै एउटा फरक शैलीमा अगाडी बढेको मुलुक बद्लाव, विकास र समृद्धिको प्रचुर सम्भावना भएको देश नेपाल आज आखिर किन विकास र समृद्धिको आफ्नो लक्ष्य पुरा गर्न सकिरहेको छैन किन ? झनझन आर्थीक,समाजीक अवस्था अप्ठ्यारोमा पर्दै गइरहेको छ भनेर अब आम नेपालीले सोच्ने बेला आएको छ। अव यसप्रति देश र जनताले गम्भीर चिन्तन मनन गर्न समय आएको छ।
देशलाई कंगाल र श्रीलंका बनाउनबाट जोगाउने उपाय तथा सरकारलाई मेरो सुझाव

१ . सरकारी खर्चमा ब्यापक कटौती जस्तै बिलासीताका बस्तुको खपत रआयातमा रोक ।
सवारीसाधन आयात बर्षलाई पुरै बन्द,बिदेशी सबै उपभोग्य बस्तुहरुमा रोक

२. सरकारी कर्मचारीहरुलाई पहिलो चरणमा ३० प्रतिशत र दोस्रो चरणमा ५० प्रतिशत लाई अनिवार्य बैदेशिक रोजगारीमा कम्तिमा ६ महिनालाई खटाउने र डलर संचिति बृद्धि गर्ने ।

३. सैनिक, पुलिस, सशष्त्र पुलिस कम्तिमा ५० प्रतिशत लाई अनिवार्य कृषि उत्पादनको लागी खटाउने र कृषि उत्पादनको वृद्धि गर्ने ।
४. तरकारी फलफुल लगायत सामानहरुको आयातमा पुर्णरुपमा रोक लगाउने ।

५. निर्यात गर्न उत्पादीत बस्तुहरुमा आय करमा अन्य भन्सारमा २ बर्षलाई पुरै छुट व्यवस्था मिलाउने ।

६. कृषक र उत्पादनसंग जोडिएका उद्योग र ब्यवासायीहरुलाई प्रोत्साहन भत्ता, अनुदान र सम्मान गर्ने व्यवस्था मिलाउने ।

७. वहुराष्ट्रिय कम्पनीहरुलाई जग्गा लिज, ब्यवस्थापन र कर मा शुन्य कर निति अवलम्बन गरी १० बर्षसम्मलाई फ्रि गर्नेगरी निति बनाउने र रोजगरीको सृजना गर्ने ।

८.रेमिटान्स लगायत बिदेसबाट पैसा नेपालमा पठाउदा बिना शुल्क साथै ठुलो रकमलाई समेत सजिलो बाटोको व्यवस्था गरी कम्तीमा ६ महिनालाई छुट दिने ।

यस्तै यस्तै अन्य धेरै नितिगत व्यवस्थाहरु गरे के हुन्न ? गर्नुपर्यो नि सम्माननीय प्रधानमन्त्री ज्यु । आज नगरे कहिले गर्ने ? तपाईले नगरे कस्ले गर्ने ??

प्रतिक्रिया दिनुहोस्