हरेक पटक मतदाताको अपहेलना गर्ने घनश्याम भुसाल : यथार्थ र भ्रम


appharu

१ मंसिर २०७९, बिहीबार १२:०६ मा प्रकाशित

जीवन पाण्डे
१. नामको महत्वाकांक्षी : घनश्याम भुसाललाई अध्ययन गर्दा उहाँमा मदन भण्डारी भन्दा अघि ठूलो लिडर बन्ने इक्षा देखिन्छ तर समय परिस्थितिले अनुकुल भएन । त्यही देखि अर्थात विद्यार्थी काल देखि उनिमा नामको एकप्रकारको भोक देखिन्छ ।
२. गालि पण्डितमा परिणत : उनले आलोचनाको नाममा गाली गर्न थाले, यति गाली गर्न थाले कि उनको हरेक भाषणमा योजना, विकास भन्दा पनि गाली बढी केन्द्रित हुन्छ ।
३. अन्तरघाती : आफ्नै क्याप्टेनलाई गाली गरेको छ, आफ्नै पोष्टमा आत्माघाती गोल गरेको छ अनि देख्यौ बिपक्षी टिमले र दर्शकले कति मन पराउछन भनेर आफ्नै खेलाडी र दर्शकलाई निच देखाउने । आफ्नै सहकर्मीको अपहेलना ।
४. बौद्धिकता लेपमा, यथार्थता गफाडि : २ पटक मन्त्री र सांसद हुदा उदाहरणीय काम गर्न सकेनन । उनले बांड्ने समाजवादको गफबारे कतिको नीति , नियम बने, कार्यान्वयन भए भन्दा शुन्य । उनी आदर्शका गफ गर्न, मान्छेलाई केही क्षण भुलाउन सफल छन तर ती गफ भाषण गरुन्जेल सम्म हो ।
५. पार्टी विभाजनकारी : भुसालले जति पटक सांसद जितेका छन, त्यतिखेर उनले पार्टी फुटका निम्ति प्रत्यक्ष रुपम पाटी फुटाउनमा महत्त्वपूर्ण भुमिका खेलेका छन् ।
६. चर्चामा रहन रुचाउने : कुनै पनि बहानामा उनी विभिन्न मिडियामा चर्चामा आउन चाहान्छन् ।
७. हरेक पटक मतदाताको अपहेलना : क्षेत्र नम्बर ३ का मतदाले जिताएर पठाए पछि, अहिले मलाई त्यहा उठ्न मन थिएन , जवर्जस्ती उठाए भनेका छन् । के थाहा पछि म केपि ओलिले टिकट दिएनन् त्यसैले १ मा उठेको भन्न बेर छैन ।
८. विकास गर्न नसक्ने नेता : सन्दर्भ कृषि मन्त्री हुदा खेरी, कोल्डस्टोर खोल्नु पर्यो भन्ने अनुरोधमा उहाँ कर्णाली तिर खोल्नु पर्ने भनेर जवाफ दिएका थिए रे । यसो गर्दा निर्वाचित क्षेत्रमा काम गर्नै परेन ।
९. भ्रम सृजना गर्न माहिर : खासमा घनश्याम भुसालले जे जस्तो बौद्धिकता भनेर आफुलाई निर्माण गरेका छन । खासमा त्यो एक भ्रम हो । त्यो भ्रम बिस्तारै भत्किदै छ । जसको नीति, त्यसको नेतृत्व भनेर जति हल्ला गरे पनि उनको कुनै नीति थिएन ।
१०. हार्ने निश्चित भएर भागेका नेता : उनी क्षेत्र नम्बर ३ मा हार्ने भएर भागेका हुन । किनकी उनले क्षेत्र नम्बर ३ मा एउटा सिन्को भांचेका छैन साथै नेता कार्यकर्तालाई रेस्पोन्स नदिने बानिले धेरै रुष्ट छन । नत्र जुन ठाउँ बाट जितेको त्यही ठाउँ छोडेर भाग्नु पर्छ र ।
१२. आफ्नो क्षेत्र : अहिले रुपन्देहीमा ६० प्रतिशत नेतृत्व अनेत्र बाट बसाइँसराइ गरेर आएको छ । उनले आफ्नो क्षेत्र भनेर भन्दै गर्दा यो एक प्रकारको नश्लवाद हो । त्यसो भए तिलोत्तमा वडा नम्बर ९ बाहेक अरुले किन स्वीकार गर्ने ?
१३. पहिलै साठगाठ : उनले क्षेत्र नम्बर ३ मा हार्ने देखेर साथै पार्टीगत भोट पनि नआउने देखेर गठबन्धन सग पहिलै सहकार्य गरेको देखिन्छ, किनकी ६ घण्टैमा गठबन्धनले सहयोग गर्दैन ।

प्रतिक्रिया दिनुहोस्