बाँकेमा निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बिने


appharu

१० जेष्ठ २०७८, सोमबार १३:५६ मा प्रकाशित

काठमाडौं ।
बाँकेमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एकहप्ता लम्ब्याउने निर्णय गरेको हो ।

आइतवार बसेको डीसीएमसीको बैठकले निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको छ । कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि गएको १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि हप्ता÷हप्ता दिन थप गर्दै जेठ १० गतेसम्म पुर्याइएको हो ।

अब जारी निषेधाज्ञा थप एकसाता बढाउने तयारी छ । जिल्लामा निषेधाज्ञाको समयअवधि थपिए पनि बजारमा भने भिडभाड उस्तै छ । नागरिक स्तरबाटै निषेधाज्ञाको पालना भएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्