एट्लेटिको मड्रिडले जित्यो ला लिगाको उपाधि


appharu

९ जेष्ठ २०७८, आईतवार १०:३० मा प्रकाशित

एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । शनिबार राति भएको खेलमा रियल भालाडोलिडलाई पराजित गरेसँगै एट्लेटिको मड्रिडले उपाधि चुमेको हो ।

एट्लेटिकोले भालाडोलिडलाई २(१ गोल अन्तरले पराजित गरेको थियो ।

भालाडोलिडको मैदानमा एट्लेटिकोका एन्जल कोरेया र लुइस सुआरेजले एकरएक गोल गरेका थिए । भालाडोलिडका ओस्कार प्लानोले एक गोल गरे पनि हार टार्न भने सकेनन् ।

एट्लेटिकोले ७ वर्षपछि यो उपाधि जितेको हो । सन् २०१४ यता एट्लेटिकोले यो उपाधि जितेको थिएन ।

प्रतिक्रिया दिनुहोस्