उज्वल थापाको ‘एकमो’ उपचार प्रक्रिया रोकियो, अझै भेन्टिलेटरमै


appharu

१८ जेष्ठ २०७८, मंगलवार १६:२७ मा प्रकाशित

काठमाडौँ ।

गम्भीर अवस्थामा काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका विवेकशील पार्टीका नेता उज्वल थापाको उपचारमा अपनाइएको एकमो प्रक्रिया मंगलबार दिउँसो बन्द गरिएको छ। अस्पतालका चिकित्सकहरुका अनुसारको उनको भेन्टिलेटरमा उपचार भइरहेको छ।सोमबारको परीक्षणका क्रममा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। उनका शरीरका अंगहरु रिभाइभ नै गर्न नसक्ने अवस्थामा पुगेको चिकित्सकहरुले जानकारी दिएका छन्।

बुढानिलकण्ठका बासिन्दा तथा बुढानिलकण्ठ स्कूलका विद्यार्थी समेत रहेका ४४ वर्षे थापा सपरिवारसहित झण्डै एक महिना पहिले सगरमाथा आधार शिविर क्षेत्रको यात्रामा गएर फर्किएका थिए । सोही क्रममा कोरोना भाइरसको संक्रमण भएपछि उनलाई सुरुमा ह्याम्स अस्पतालमा राखेर उपचार गरिएको थियो ।

त्यसपछि ग्राण्डी अस्पताल हुँदै उनलाई गएको शुक्रबार ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको हो । एकमो थेरापीबाट मेडिसिटीमा उपचार हुँदै गर्दा सोमबार उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो, तर डाक्टरहरुले स्वास्थ्य अवस्था निकै जटिल रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्