फिफा विश्वकप छनोटः बेल्जियम र ग्रिसको बराबरी


appharu

२१ जेष्ठ २०७८, शुक्रबार ०७:०४ मा प्रकाशित

बुटवल ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियम र ग्रिसले १–१ गोलको बराबरी खेलेका छन् । बिहीबार राति बेल्जियमको मैदानमा घरेलु टिमका लागि थोर्गन हाजार्डले गोल गरे भने ग्रिसका लागि जर्जिगस ताजभेलासले गोल गरे ।

खेलको २०औँ मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए । ६६औँ मिनेटमा ताजभेलासले गोल गरेपछि ग्रिस खेलमा फर्कियो । बाँकी समय गोल नहुँदा खेल बराबरीमा सकियो ।

बेल्जियमले युरो कपको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेको हो भने ग्रिस विश्वकप छनोटको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्