विश्वकप छनटः चिलीले अर्जेन्टिनालाई बराबरीमा रोक्यो


appharu

२१ जेष्ठ २०७८, शुक्रबार ०८:०३ मा प्रकाशित

एजेन्सी ।

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ।अर्जेन्टिनालाई शुक्रबार विहान सकिएको खेलमा चिलीले १(१ गोलको बराबरीमा रोकेको हो।खेलमा अग्रता अर्जेन्टिनाले लियो। २३ मिनेटमा अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसीले पेनाल्टीमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। अर्जेन्टिनाका लाउटारो मार्टिनेजलाई चिलीका मारिपनले लडाएपछि पेनाल्टी दिइएको थियो।
चिलीले ३६ मिनेटमा बराबरी गोल फर्कायो। चिलीका लागि एलेक्सिस सान्चेजले बराबरी गोल फर्काए। उनले अरानग्युजको फ्रिकिक बलमा गोल गरेका थिए।त्यसअघि बोलिभियाले भेनेजुएलामाथि ३, १ गोलको जित निकालेको छ। यता उरुग्वे र पाराग्वेले भने गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्। छनोटमा शनिबार विहान ब्राजिलले इक्वेइडरसँग प्रतिस्पर्धा गर्दैछ। अंक तालिकामा ब्राजिल लगातार चार जितसहित १२ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको अर्जेन्टिनाको ५ खेलबाट ११ अंक छ।तेस्रो स्थानको इक्वेइडरको ४ खेलबाट ९ अंक छ भने पाराग्वे ५ खेलबाट ७ अंक जोडेर चौथो स्थानमा छ। पाँचौ स्थानको उरुग्वेको पनि ७ अंक नै छ।

प्रतिक्रिया दिनुहोस्