देशकै सर्वोत्कृष्ट विद्यालयका प्राचार्यको यस्तो छ पञ्चवर्षिय योजना

विद्यार्थी संख्या १० हजार पुराउने, ३० विद्यार्थी बराबर एक शिक्षक, १६० जना विद्यार्थी बराबर १ जना कर्मचारी


appharu

५ श्रावण २०७८, मंगलवार २१:२७ मा प्रकाशित

पालिका पत्र/बुटवल ।
नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविका नव नियुक्त प्राचार्य दिनेश थापाले विद्यालयको शैक्षिक गुणस्तर थप सुधार्न पञ्च वर्षिय योजना बनाएका छन् । उनले आउंदो ५ वर्षमा ब्यवहारमै सबैले देख्ने गरी परिवर्तन गर्ने लक्ष्यका साथ योजना बनाएको बताएका छन् ।

विद्यालयमा विद्यार्थीको अत्यधीक चापका कारण कक्षा कोठा अभाव नै रहेकोले भौतिकरुपले सम्पन्न सुविधायुक्त कक्षा कोठा निर्माण आफ्नो प्राथमिकता रहेको प्राचार्य थापाले बताए । गुणस्तर हासिल गर्न ३० जना विद्यार्थी बराबर एक जना शिक्षक, १६० जना विद्यार्थी बराबर १ जना कर्मचारीको व्यवस्था गर्ने थापाले बताए ।

यस्तै कर्मचारी विभागलाई उत्तरदायी र शैक्षिक प्रशासनलाई जवाफदेही बनाउने उनको योजना छ । यस्तै आउंदो ५ वर्षमा विद्यार्थी संख्या १० हजार पु¥याउने, फेलरहित व्यवहारिक शिक्षा दिने, सुविधासम्पन्न ल्याव र पुस्तकालयको व्यवस्था गर्ने प्राचार्य थापाको योजना छन् । यस्तै पूर्ण आइसिटियुक्त कक्षा सञ्चालन, व्यवहारिक र प्रयोगात्मक शिक्षा, अन्तराष्र्टि«य स्तरका खेलाडी उत्पादन र वर्गहिन शिक्षाको व्यवस्था गर्ने लक्ष्य रहेको उनले बताए ।

गुणस्तर सुधारका लागि अभिभावकका सुझाव र गुनासालाई ग्रहण गर्दै अध्यापनलाई थप विद्यार्थीकेन्द्रीत, बालमैत्री र प्रविधिमैत्री बनाउंदै जाने प्राचार्य थापाले बताए । ‘किताबी ज्ञानसंगै विद्यार्थीलाई नैतिकवान र संस्कारयुक्त जिम्मेवार नागरिक बनाउने पनि विद्यालयको उच्च प्राथमिकतामा छ’–प्राचार्य थापाले भने–‘व्यवहारिक शिक्षा दिएर स्वाबलम्बी र आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’

यस्तै १०० जना छात्र र १०० जना छात्रालाई आवासीय सुविधासहितको निशुल्क छात्रवास सञ्चालन, खेल मैदानको निर्माण,उचित यातायातको व्यवस्था पनि प्राथमिकतामा रहेको उनले बताए । विद्यालयलाई आर्थिक सम्पन्न विद्यालय बनाउन स्थायी आर्थिक स्रोतको व्यवस्थापन,शिक्षक कर्मचारीको आय सुनिश्चित गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने प्राचार्य थापाको योजना छ ।

शैक्षिक गुणस्तर थप सुधार गर्न सुशासनयुक्त शैक्षिक व्यवस्थापन, स्थानीय पाठ्यक्रमलाई शिक्षण सिकाईमा समाबेश,विद्यालय अभिलेखलाई अद्यावधिक गर्न उचित सफ्टवेयरको निर्माण, समयानुकूल तालिम तथा गोष्ठी सञ्चालन गर्ने कार्ययोजना रहेको प्राचार्य थापाले बताए ।

संस्थागत क्षमता विकासका लागि शिक्षक कर्मचारी व्यवस्थापन विभाग, शैक्षिक प्रशासन विभाग, आर्थिक प्रशासन विभाग, पुस्तकालय र प्रयोगशाला विभाग, प्रारम्भिक बाल विकास विभाग, यातायात व्यवस्था विभाग, विपद व्यवस्थापन विभाग, कार्यसम्पादन मुल्याङ्कन व्यवस्थापन विभाग गठन गरिने प्राचार्य थापाले बताए । यस्तै शिक्षण सिकाइ गोष्ठी, पेशागत विकास तालिम, उचित प्रोत्साहन, सुधारात्मक कदम प्रणालीको विकास र विषयगत विभागको गठन र उचित शिक्षण सिकाइको नवीनतम खोजको विकास गरिने उनले बताए ।

विद्यालय र समुदाय बिचको सम्बन्ध प्रगाढ बनाई समुदायको अपनत्व ग्रहणमा जोड दिंदै अन्तरराष्ट्रियस्तरको विद्यालय स्थापित गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले बताए । विद्यालयको सेक्टर १ र २ मा गरी कक्षा १२ सम्म ८ हजार विद्यार्थी अध्ययनरत रहेका तथा २६० शिक्षक र ३७ जना कर्मचारी कार्यररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्