रेन्बुकाइ कराते सेमिनार र नारी आत्म सुरक्षा तालिम सम्पन्न


appharu

५ आश्विन २०७८, मंगलवार ०८:०७ मा प्रकाशित

पालिका पत्र / तिलोत्तमा ।
नेपाल रेन्बुकाइ कराते डो एशोसिएसन रुपन्देहीको आयोजनामा जिल्ला स्तरिय सेमिनार एवं नारी आत्म सुरक्षा प्रशिक्षण कार्यकम सम्पन्न भएको छ ।
तिलोत्तमा–१४स्थित नमस्ते एकेडेमीमा तीन दिनसम्म चलेको कार्यक्रममा एक सय पचास जना खेलाडि सहभागी थिए ।

सहभागीलाई नेपाल रेन्बुकाइ कराते डो एशोसिएसनका केन्द्रीय अध्यक्ष रेशम लामा, हिरादेवी राई, सुस्मिता गुरुङ लगायतले प्रशिक्षण दिएका थिए ।
सेमिनारको समापन गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले हरेक नागरिक स्वस्थ हुन कुनै न खेलकुदमा सहभागी हुन आवश्यक रहेको बताउनुभयो ।

उहांले नारी सुरक्षाका लागि आत्म सुरक्षा प्रशिक्षण जस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो ।
सो अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष रेशम लामाले खेलाडीलाई सरकारले पर्याप्त भत्ताको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा नेपाल रेन्बुकाइ कराते डो एशोसिएसन रुपन्देहीका अध्यक्ष प्रेम जीएम, उपाध्यक्ष सुवास परियार, सचिव युवराज पराजुली,नमस्ते एकेडेमीका शैक्षिक निर्देशक मार्क बार्थोलोमिउ,मिनप्रसाद पोखरेल,लक्ष्मण खनाल लगायत,मोहम्मद अलीले खेलकुदको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले लगानी गर्नुपर्ने माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्