बुटवल–२ का वडाअध्यक्ष रमेश नेपाल सहित ९ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी


appharu

१४ बैशाख २०७९, बुधबार १०:०४ मा प्रकाशित

पालिकापत्र, बुटवल

बुुटवल वडा नं. २ का वडाअध्यक्षका उम्मेद्वार रमेश नेपालसहित ९ जनाविरुद्ध निर्वाचन आयोगको कार्यालयमा उजुरी परेको छ । वडा अध्यक्षमा उम्मेदवारी दिएका नेपाल गत चुनावमा एमालेबाट वडा अध्यक्ष निर्वाचित हुन् ।

२०७६ साल भदौ २१ गते नेपालले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेर अपराध गरेको तथा जल, जमिन र वन सम्बन्धी तथा सार्वजनिक पदमा बसेर अख्तियार दुरुपयोग गरेको समेत चार वटा विषयमा अख्तियारमा मुुद्धा रहेको भन्दै उनीविरुद्ध उजुुरी परेको छ ।

आत्महत्या गर्नु अपराध सरह हुने भन्दै स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार वडाअध्यक्ष नेपाल विरुद्ध उजुरी परेको हो । उनी आफै झुण्डिएर गम्भीर अवस्थामा पुगेका थिए । युनिभर्सल मेडिकल कलेज भैरहवामा करिब एकहप्ताको उपचार पश्चात उनी बांचेका थिए ।

यस्तै बुुटवल उपमहानगरमा नेपाल सहित ५ जना वडाअध्यक्ष उम्मेदवारविरुद्ध उजुुरी परेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेसबाट बुटवल ११ को वडाअध्यक्षमा उम्मेद्वारी दिएका जीत बहादुर मल्ल प्रगतीनगर खानेपानी तथा सरसफाई संस्था तथा विद्युुत सहकारी संस्थामा अध्यक्ष भएको भन्दै उजुुरी परेको हो ।

यसैगरि काँग्रेसबाटै वडा न. ४ मा उम्मेद्वारी दिएका नरिश्वर शर्मालाई टोल विकास संस्थाको अध्यक्ष भएको भन्दै उजुुरी परेको छ । त्यसैगरि अन्य वडाअध्यक्ष र सदस्यहरुलाई टोल समिति, बस्ती विकास समिति र आर्थिक दुरुपयोग गरेको भन्दै उजुुरी परेको हो । बुुटवल निर्वाचन अधिकृतको कार्यालले मंगलबार साँझ ५ बजेसम्म उजुुरी गर्ने समय तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्