तिलोत्तमाका मेयर खांणद्वारा पदभार ग्रहण : विद्यार्थीलाई दिवा खाजामा १० रुपैयां थप


appharu

१३ जेष्ठ २०७९, शुक्रबार १७:०६ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । तिलोत्तमा नगरपालिकाका नव निर्वाचित मेयर रामकृष्ण खांणले पदभार ग्रहण गरेका छन् । चुनावी घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई नगर अस्पताल बनाउने घोषणा गरेका खांणले सोही भवनको निवर्तमान मेयर बासुदेव घिमिरेको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् ।
उनले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिइने दिवा खाजामा प्रति विद्यार्थी १० रुपैयां थपेर दिने पहिलो निर्णय गरेर काम शुरु गरेका छन् । हाल संघीय सरकारले दिवा खाजा वापत प्रति विद्यार्थी १५ रुपैया अनुदान दिंदै आएको छ । संघीय सरकारले दिने दिवा खाजाको रकम अलि कम भएकाले १० रुपैयां नगरपालिकाको वजेटबाट थपेर २५ पुर्‍याउने निर्णय गरेको मेयर खांणले भने । यसले विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै पक्षलाई सहयोग गर्ने उनको भनाई छ ।
शुक्रबार नै उपमेयर जगेश्वरी चौधरीले पनि पदभार ग्रहण गरेकी छन् ।
यसअघि भैरहवामा पद तथा गोपनियताको शपथ लिने क्रममा खाँणले तिलोत्तमा नगरपालिकालाई भ्रष्टाचारमुक्त तथा सुशासन तथा पारदर्शिताको नगरपालिका बनाउने आफ्नो मूख्य अभियान रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्