देवदहको कार्यपालिकामा एमाले–राप्रपा गठबन्धन


appharu

१८ जेष्ठ २०७९, बुधबार १५:११ मा प्रकाशित

पालिकापत्र,देवदह । रुपन्देहीको देवदह नगरपालिकाको कार्यपालिका गठनमा एमाले र राप्रपाबीच गठबन्धन भएको छ । कार्यपालिका सदस्यको लागि नेकपा एमालेलाई ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीलाई १ जना दिने गरी भागबण्डा गर्ने सहमति भएको थियो । सहमति अनुसार महिला सदस्यमा नेकपा एमालेका गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, शान्ता भट्टराई कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । यस्तै
दलित तथा अल्पसंख्यकतर्फ एमालेका कुमार दमाई, गोविन्द पासी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमबहादुर परियार निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए । देवदह नगरपालिकाको कार्यपालिकामा २२ जना हुनुपर्ने भएपनि स्थानीय तहको निर्वाचनबाट १४ जना निर्वाचित भइसकेको र बाँकी रहेको ८ जनाको लागि निर्वाचन भएको हो ।

देवदह नगरपालिकामा नेकपा एमालेका ३२ जना, नेपाली कांग्रेसका २१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ जना गरी ६२ जना सदस्य निर्वाचित भएका थिए । नगरपालिकामा मेयर र उपमेयर दुबै एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्