लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउंदै


appharu

२५ जेष्ठ २०७९, बुधबार ०८:३६ मा प्रकाशित

पालिकापत्र,बुटवल । लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने सरकारका प्र्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए । नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने छ ।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्